२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्छः अध्यक्ष सिंह



फाइल फोटो
अ+ अ-

रुपन्देही। नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले व्यवसायीलाई दुःख दिन नहुने बताउनुभयो ।

भैरहवामा आज आयोजित लुम्बिनी निर्माण व्यवसायी सङ्घ, रुपन्देहीको १९औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अध्यक्ष सिंहले मुलुकमा विश्वासको वातावरण बनाउनुपर्ने बताउनुभयो ।

“आमजनतालाई सुशासनको अनुभूति दिलाउन नागरिक सरकार सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको स्थितिमा उद्योगी–व्यवसायी सङ्कटमा छन् ।

मुलुकको समृद्धिको सम्वाहक निर्माण उद्योगी–व्यवसायी हुन् ।” अध्यक्ष सिंहले जेनजी विद्रोहबाट बनेको यो सरकारको म्याण्डेट र जनताको अपेक्षा बुझ्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गर्नुभयो । उहाँले विगतमा एउटै निर्माण कम्पनीले सयौँ काम गर्ने जिम्मेवारी लिँदा समयमै काम नभएको र त्यसले नकारात्मक सन्देश गएकाले त्यसलाई कम गर्ने प्रयास गरिएको बताउनुभयो ।

स्थानीय तहबाट गैरजिम्मेवार रुपमा निर्माण व्यवसायको लाइसेन्स वितरण गरिएको अध्यक्ष सिंहले आरोप लगाउनुभयो । निर्माण व्यवसायी मात्र नभइ आमजनता कम रकम कबोल (लो–बिडिङ) बाट आक्रान्त भएका उहाँको भनाइ थियो । अध्यक्ष सिंहले खरिदको प्रकृतिअनुसार सार्वजनिक खरिद ऐनमा संशोधन आवश्यक रहेको बताउनुभयो ।

पूर्वाधार कार्यलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐनसहित अन्य ऐनलाई समायोजन गरेर छाता ऐन बनाउनुपर्ने उहाँको भनाइ थियो । मुलुुकलाई समृद्ध बनाउन निर्माण व्यवसायीले छाता ऐनको अपेक्षा राखेको अध्यक्ष सिंहले बताउनुभयो ।

सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीले राम्रोसँग काम गर्दागर्दै पनि कसैले व्यवसायीलाई दुःख दिए सहेर नबस्न आग्रह गर्नुभयो । उहाँले निर्माण व्यवसायीको ठूलो लगानी रहेको र राज्यलाई कर तिर्दै आएको बताउनुभयो । उपप्रमुख अधिकारीले कम रकम कबोल (लो–बिडिङ) का कारण काम गुणस्तरीय र समयमा हुन नसकेको बताउनुभयो ।

लुम्बिनी निर्माण व्यवसायी सङ्घ, रुपन्देहीका अध्यक्ष मञ्जु भुसालले राम्रो काम गर्दा प्रशंसा हुनुपर्ने तर, नराम्रा कामप्रति जवाफदेही भइ कारबाही भोग्नुपर्ने बताउनुभयो । उहाँले निर्माण व्यवसायी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जे लामा, उपाध्यक्ष टोपबहादुर रायमाझी, महासचिव रोशन दाहाल, पूर्व वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र राना, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवाली, चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्का, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलीप कुमार कान्दु, लुम्बिनी निर्माण व्यवसायी सङ्घका महासचिव प्रितम रौनियार, सङ्घको बुटवल शाखाका अध्यक्ष बुद्धिराज थापालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

विसं २०५३ मा स्थापना भएको लुम्बिनी निर्माण व्यवसायी सङ्घ, रुपन्देहीमा हाल ४५० बढी सदस्य आबद्ध रहेका सङ्घका महासचिव प्रितम रौनियारले जानकारी दिनुभयो ।रासस




भर्खरै