२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसले विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन महासधवेशन प्रतिनिधिहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको पार्टी केन्द्रिय सदस्य नारायणप्रकाश साउदले जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टी पदाधिकारीले विशेष महाधिवेशन बोलाउने विधानमा व्यवस्था नभएको भन्दै महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गरिएको बताउनु भयो । उहाँका अनुसार विशेष महाधिवेशन भनिएको भेला तत्काल रोक्नका लागि सम्बन्धीत पक्षलाई अपिल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

उहाँले भन्नुभयो, ‘नियमित महाधिवेशनको तिथिमिति तोकिएको अवस्थामा विशेष महाधिवेशन वैधानिक र आवश्यक छैन । पदाधिकारीहरुले समेत विशेष महाधिवेशन बोलाउने अधिकार पनि छैन ।

त्यसकारण देशभरिका केन्द्रदेखि तल्लो तहसम्मका पदाधिकारी महाधिवेशन, महासमिति सदस्य सबैलाई विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुन अनुरोध गर्ने निर्णय गरिएको छ । विशेष महाधिवेशन भनिएको भेलालाई तत्काल रोक्नका लागि पनि सम्बन्धित सबैमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अनुरोध गर्ने अपिल गर्ने निर्णय गरेको छ ।’

बैठकमा पार्टी महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको आह्वान फिर्ता लिन अस्वीकार गरेपछि बैठकले यस्तो निर्णय गरेको हो । –न्युज एजेन्सी नेपाल