१६ असार २०८३, मंगलवार
,
Latest
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह



अ+ अ-

गुल्मी। नेपाली कांग्रेस, जिल्ला कार्यसमिति गुल्मीले पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेको छ ।

पार्टी जिल्ला सभापति खिलध्वज पन्थीले आज एक विज्ञप्ति जारी गर्दै यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा उपस्थित हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभएको हो ।

पार्टीको वैचारिक स्पष्टता, सङ्गठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे निर्णय लिने महाधिवेशन भएकाले सोका लागि उपस्थित हुने सबै प्रतिनिधिलाई सभापति पन्थीले आग्रह गर्नुभयो ।

“कांग्रेस केवल एउटा सङ्गठन मात्र नभई लोकतन्त्र, समावेशिता तथा समुन्नत नेपालको आधारशिला भएकाले प्रतिनिधिहरूको अनुपस्थितिले पार्टी र देशको भविष्यमा प्रत्यक्ष असर गर्ने भएकाले उपस्थितिका लागि अनुरोध छ”,  विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसमा यहाँबाट ५२ जना महाधिवेशन प्रतिनिधि रहेकामा विशेष महाधिवेशनका लागि ४६ जनाले हस्ताक्षर गरेका पार्टीका सहसचिव छवि पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दामोदर भुसाल, महेन्द्र भण्डारी, चन्द्र केसी, सुवर्ण ज्वराचन र छन्द पहराईले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नुभएको छैन । नेता भण्डारीले पहिले हस्ताक्षर नगरे पनि अहिले विशेष महाधिवेशनमा सहभागी हुने बताउनुभयो । कांग्रेसको एक जना महाधिवेशन प्रतिनिधिले भने पार्टी परित्याग गर्नुभएको छ ।रासस