१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु



अ+ अ-

झापा। मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक कामदारको मृत्यु भएको छ ।

न्यू इन्फ्रा हेवन कम्पनी लिमिटेडले निर्माण गरिरहेको पाँचतारे इस्टर्न होटलको चौथो तलाबाट खसेर आज साँझ ६ः३० बजे सप्तरी जिल्लाको खडक नगरपालिका–१ सिसुवाबेल्हीका २१ वर्षीय कामदार नरेशकुमार मण्डल गम्भीर घाइते भएका थिए ।

घाइतेलाई तत्कालै मेची आम्दा अस्पतालमा उपचारका लागि लगिएकामा उपचारकै क्रममा साँझ ७ः०० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

निर्माणाधीन भवनमा फलामको पाइप सार्ने क्रममा मण्डल चौथो तलबाट अचानक भुइँ तलामा खसेका थिए । घाइते मण्डलको शरीरको विभिन्न भागमा चोट लागेको जनाइएको छ । शव मेची आम्दा अस्पतालमा रहेको प्रहरीले जनाएको छ । रासस