२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग सडक विस्तारका लागि जमिन अधिग्रहण गर्ने सामर्थ्य छैनः हरिवंश आचार्य



अ+ अ-

काठमाडौँ । अग्रज कलाकार हरिवंश आचार्यले काठमाडौंमा सवारीसाधनको चाप धेरै भइसकेको बताउनुभएको छ ।

शनिवार ट्राफिक सप्ताह तथा दुर्घटना न्युनिकरण विशेष अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मानिसहरु ट्राफिक नियममा विस्तारै बाँधिरहेको तर सवारीसाधनको व्यवस्थापनमा समस्या आइरहेको बताउनु भयो । भविष्यमा सवारीसाधन चलाउनै नसक्ने स्थितिमा पुग्नसक्ने बताउनु भयो । सडक विस्तार गर्न समेत जमिन अधिग्रहण गर्न नसक्ने स्थितिमा सरकार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ट्राफिक नियममा हामी बिस्तारै बाँधिदै छौँ । हाम्रा अग्रजहरुले काठमाडौं शहरको पारित गर्दा नेपालको सम्बन्ध बढ्छ, सम्बन्धको साधक सवारीसाधन पनि हो । सम्बन्ध बढ्दै गइसकेपछि सवारीसाधन बढ्छन् भनेर सोचेर बनाएको भए यो स्थिति आज भोग्न पर्दैन थियो । भोलिका दिनमा हामीले गाडी चलाउने ठाउँ नपाउन सक्छौँ । काठमाडौंमा सवारीसाधन धेरै भइसकेका छन् । भयावह स्थिति भइसकेको छ । अब बाटो फराकिलो गर्न जमिन अधिग्रहण गर्न पनि सरकारसँग कुनै सामथ्र्य छैन ।’

कलाकार आचार्यले सार्वजनिक सवारी साधन कम रहेको बताउनु भयो । ट्राफिक व्यवस्थापनमा गम्भीरताका साथ लाग्नुपर्ने बताउनु भयो ।