२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश र जनताको हितमा काम गर्नसक्ने सक्षम नेतृत्व चयन गरिनुपर्छः चतुरबहादुर चन्द



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले विशेष महाधिवेशनमार्फत परिवर्तित समयअनुसार पार्टीको समस्या समाधान गर्दै देश र जनताको हितमा काम गर्नसक्ने नेतृत्व चयन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति चन्दले पार्टीभित्रका समस्या समाधान गर्ने नीति र समयअनुसार चल्नसक्ने नेतृत्व चयन गरिनुपर्ने बताउनुभएको हो । उहाँले विगत चार महिना काँग्रेस कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै पुनर्जीवित बनाउन भुमिका खेल्ने सबैलाई सम्मान गर्नुपर्ने बताउनु भयो । उहाँले मुलुकले  ठूलो परिवर्तन खाजेको भएपनि अन्य दुई ठुला दलहरु समयसापेक्ष रुपमा चल्न नसकेको पनि आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘झन्डै चार महिना नेपाली काँग्रेस कोमामा थियो । कोमामा रहेको नेपाली काँग्रेसिलाई वायु दिएर जसले पुनर्जीवित गर्ने प्रयास गर्नुभयो सबैलाई सम्मान गर्दछु । अब नेपाली काँग्रेस यो देशको अभिभावक पार्टी बन्दैछ । इतिहासमा सधैं यो देशलाई अभिभाकत्व दिएको पार्टी विगत चार महिनामा पछारिएको थियो, लछारिएको थियो त्यसलाई लयमा फर्काउने अभियानका अभियान्ता महामन्त्रीद्वयलाई सम्मान गर्न चाहान्छु । देशले ठूलो परिवर्तन खोजेको छ । अन्य दुई ठूला दलहरुले परिवर्तनको आवाज दिन सकेन । समयसापेक्ष मुलुकलाई अगाडि बढाउन नेपाली काँग्रेसले मात्र सक्छ भन्ने अठोट र विश्वासका साथ हामी यहाँ आएका छौँ । काँग्रेसभित्रका सबै विकृतिहरुको अन्त्य हुने गरेर यो विशेष महाधिवेशन नीति पास गरोस् । परिवर्तित समयअनुसार पार्टीलाई अगाडि बढाउँदै मुलुकको हितका लागि लागिपर्ने नेतृत्व चयन गरौँ ।’

पार्टीभित्र आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन जारी छ ।