२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनलाई पार्टी नेतृत्वले लत्याउन मिल्दैनः महेश आचार्य



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले पार्टी विशेष महाधिवेशन पक्षको विजय भएको टिप्पणी गर्नुभएको छ ।

देशभरका महाधिवेशन प्रतिनिधिहरु विशेष महाधिवेशनमा आएकाले विशेष महाधिवेशन पक्षधर नै नेपाली काँग्रेस हो भन्ने पुष्टि भएको जिकिर गर्नुभएको हो । उहाँले पार्टीको संस्थापन पक्षलाई पुल र विशेष महाधिवेशन पक्षधरलाई नदीको रुपमा चित्रण गर्दै नदी र पुल अलग भएर बस्नै नसक्ने तर्क समेत गर्नुभयो । काठमाडौंमा सुरु भएको पार्टीको विशेष महाधिवेशनमा बोल्दै नेता आचार्यले विशेष महाधिवेशनको भावनालाई पार्टीका कुनैपनि पदाधिकारीले लत्याउने चेष्टा गर्न नमिल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो उपस्थितिले विधान अनुसार पार्टी चल्नुपर्छ भन्नेहरुको जय भएको छ । आज विधिलाई स्थापना गर्नका निम्ति तपाईहरुको उपस्थिति सकारात्मक कारक बनेको छ । अव भोलीबाट नेपाली काँग्रेस हिजोको जस्तो, आजको जस्तो मात्रै काँग्रेस रहने छैन । बहुमत प्रतिनिधि साथीहरुको भावनालाई कुनैपनि पार्टीको पदाधिकारीले लत्याउने चेष्टा फेरि गर्नेछैन । एउटा विधिको स्थापना हुनेछ । बहुमत महाधिवेशन प्रतिनिधि जहाँ छन, त्यही हुन्छ पार्टी । पार्टीको नेता पुल एकातिर लिएर उभिने अनि मेची महाकालीका प्रतिनिधिहरु नदीको रुपमा एकातिर उभिने । नदी एकातिर, पुल अर्कोतिर हुन सक्दैन । ’

काँग्रेस नेता आचार्यले मुलुकलाई अघि बढाउने कार्यभारसहित अघि बढ्न पनि युवा नेताहरुलाई आग्रह गर्नुभयो ।