२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आगामी चुनावमा कांग्रेसले अन्य पार्टीसँग गठबन्धन गर्नु हुँदैन’



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले कांग्रेसलाई नातावादबाट टाढा राख्न सकेको खण्डमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत आउने बताउनुभएको छ ।

भृकुटीमण्डपमा भइरहेको विशेष अधिवेशनलाई सम्बोधन गर्दै नेता रसाइलीले आगामी निर्वाचनका कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन गर्न नहुने उहाँको भनाइ थियो ।

यस्तै नेता बजरङ्ग नेपालीले आत्म समीक्षा, आत्मसम्मान र पुनर्जागरणका लागि विशेष महाधिवेशनमा उपस्थित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कांग्रेस इतिहासले प्रमाणित गरेको पार्टी हो, राणाशासनसँग लडेको पार्टी हो, लोकतन्त्र स्थापना र राजतन्त्रको अन्त्य  गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक व्यवस्था स्थापना गरेको पार्टी हो ।” उहाँले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अम्मरबहादुर पुनले जेनजीको आकाङ्क्षा र पार्टी विधिसम्मत चलाउन पनि विशेष महाधिवेशन गर्नु परेको बताउनुभयो ।

नेता ओमकार श्रेष्ठले भन्नुभयो, “कांग्रेस ब्यूँझिएको छ, आगामी चुनावमा हामीले बहुमत ल्याउने गरी अगाडि बढौँ, कसैलाई निषेध होइन, सबैलाई समावेश गरेर अगाडि बढ्नुपर्छ ।”

अर्का नेता सुरेन्द्र चौधरीले कांग्रेसलाई नयाँ युग चेतनाका साथमा आधुनिकीकरण गर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । रासस