२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ



अ+ अ-

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी काठमाडौँको झोरबाट पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कारागारबाट फरार सिन्धुलीको तीनपाटन गाउँपालिका–६ बस्ने ५० वर्षीय गुञ्जबहादुर श्रेष्ठलाई आज पक्राउ गरेको हो ।

श्रेष्ठ कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय कायम भई २०७३ असार २९ देखि जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए ।

जेनजी आन्दोलनका क्रममा फरार रही काठमाडौँ उपत्यकामा लुकीछिपि बसेको भन्ने विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ गरी उनलाई कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।रासस