१६ असार २०८३, मंगलवार
,
Latest
जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनका लागि नेपाललाई १ अर्ब ३३ करोड अनुदान, सुदूरपश्चिम र कर्णालीका ६० हजार घरधुरी… रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोड लागतमा पुस्तकालय भवन निर्माण



अ+ अ-

तनहुँ। तनहुँको देवघाट गाउँपालिका–५ मा रु एक करोड लागतमा देवघाट सार्वजनिक पुस्तकालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ । पुरानो भवन जीर्ण भई पुस्तकहरूमा ठूलो क्षति पुगेपछि नयाँ भवन निर्माण गरिएको हो ।

पुरानो भवनमा धमिराले पुस्तकहरू नष्ट गर्न थालेपछि पछिल्ला तीन वर्षदेखि नेपाल रेडक्रस सोसाइटी, देवघाटको भवनमा अस्थायी रूपमा पुस्तकालय व्यवस्थापन हुँदै आएको थियो ।

बहुमूल्य तथा दुर्लभ पुस्तकको संरक्षण गर्न कठिनाइ भइरहेको अवस्थामा नयाँ भवन निर्माणले राहत मिलेको पुस्तकालय भवन निर्माण समितिका संयोजक शिवराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माण सम्पन्न भए पनि व्यवस्थापकीय कामहरू अझै बाँकी छ ।

देवघाट गाउँपालिका, गण्डकी प्रदेश सरकार, देवघाट–५ वडा कार्यालय, देवघाट क्षेत्र विकास समिति, विद्यापीठ, समुदायमा आधारित सङ्घसंस्था, आश्रम, शिक्षाप्रेमी, उद्योगी, व्यवसायी तथा सर्वसाधारण दाताहरूको आर्थिक सहयोगमा नयाँ पुस्तकालय भवन निर्माण गरिएको पौडेलले जानकारी दिनुभयो ।

हाल पुस्तकालयमा दश हजारभन्दा बढी पुस्तक छन् । जसमध्ये करिब ३५ प्रतिशत धार्मिक तथा आध्यात्मिक पुस्तक र बाँकी साहित्य, बालशिक्षा, दर्शनशास्त्रलगायत विभिन्न विधाका पुस्तक छन् ।रासस