१६ असार २०८३, मंगलवार
,
Latest
समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
तपाईं के खोज्दै हुनुहुन्छ ?

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण



अ+ अ-

टक्सार (भोजपुर), २९ पुसः भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ ।

भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेपानीको धारा निर्माण गर्नुका साथै पाँच हजार लिटर क्षमताको ट्याङ्कीको समेत व्यवस्था गर्नुभएको छ । निर्माणकर्ता प्रधानले दुवै संरचना विद्यालयका प्रधानाध्यापक शरणकुमार राईलाई हस्तान्तरण गर्नुभयो ।

स्वच्छ खानेपानी विद्यार्थीको अधिकार भएकाले आफूले धारा निर्माण गरिदिएको प्रधानले बताउनुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोपाल कार्की तथा निर्माणकर्ता उजिरबहादुरले धाराको उद्घाटन गर्नुभयो । सोही अवसरमा विद्यालयका पूर्वविद्यार्थी डा विनोद पराजुलीले सहयोग गर्नुभएको रु २० हजार रकमबाट विद्यालयका विद्यार्थीलाई नेपाली टोपी वितरण गरिएको प्रअ राईले बताउनुभयो । कार्यक्रममा विद्योदय माविका प्रअ खोमराज धमलाको समेत उपस्थिति रहेको थियो ।रासस




भर्खरै