१६ असार २०८३, मंगलवार
,
Latest
समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याऔँः डा.सुनिल शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याउनुपर्ने बताउनुभएको छ ।

विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पार्टीका समस्याहरु संवादमार्फत टुंग्याइदनुपर्ने बताउनुभएको हो ।

उहाँले काँग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गर्नुहुँदै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेहरुका कारण आजको परिस्थिति सिर्जना भएको बताउनु भयो । उहाँले र्तमान विषम परिस्थितिमा काँग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने बताउनु भयो । नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभयो । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस एउटा गम्भीर संकटको मोडमा छ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर विधान सम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रिय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभावलाई लतारेर केही पदाधिकारी र केन्द्रिय कमिटीका मानिसबाट जनताको चाहना, नागरिकको चाहना, नेता, कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशन नबोलाएपछि यो अवस्था सिर्जना भयो । वर्तमान विषम परिस्थितिमा काँग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्छ । नेतृत्व हस्तान्तरणका लागि तयार हुनुपर्छ । विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्छ । पार्टीभित्रका सबै मतभेदहरु संवादबाट टुंग्याइनुपर्छ । सहमति भाँड्ने उश्रृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ ।’

उहाँले एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको छ । काँग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेताहरुलाई आग्रह गर्नुभयो । विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलवार बेलुकासम्म वार्ता निष्कर्षमा पु¥याउन आग्रह गर्नुभयो ।




भर्खरै