२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानको आक्रोश संसद्सम्म



Farmers drive their tractors down the Champs-Elysees avenue as they protest the Mercosur EU trade deal with South America they fear threatens their livelihoods, Tuesday, Jan. 13, 2026 in Paris. Poster reads: Macron, we arrive. (AP Photo/Emma Da Silva)
अ+ अ-

एजेन्सी । फ्रान्सेली किसानहरूले कम आय र दक्षिण अमेरिकासँग हुने युरोपेली सङ्घ (इयु)को व्यापार सम्झौताप्रति कडा आपत्ति जनाउँदै मङ्गलबार करिब ३५० ट्रयाक्टरसहित राजधानी पेरिसको सडक हुँदै संसद् भवनसम्म प्रदर्शन गरेका छन् । किसानहरूका अनुसार उक्त सम्झौताले उनीहरूको जीविकोपार्जन र घरेलु कृषि प्रणालीलाई गम्भीर खतरा पुर्‍याउने डर छ ।

प्रहरीले अगाडि–पछाडि सुरक्षा दिएर ट्रयाक्टरहरू चलाइएका कारण च्याम्प्स–एलिसीजसहित पेरिसका ठूला सडकमा सवारी आवागमन ढिलो भयो र भिडको समयमा ट्राफिक जाम भएको थियो । पछि ती ट्रयाक्टरहरू सेन नदी पार गर्दै राष्ट्रिय सभा भवनसम्म पुगेका थिए ।

फ्रान्ससहित अन्य युरोपेली मुलुकहरूमा पनि किसानहरूको असन्तोष पछिल्ला महिनाहरूमा तीव्र हुँदै गएको छ । बढ्दो उत्पादन लागत, घट्दो आम्दानी, कडा वातावरणीय नियम र अन्तर्राष्ट्रिय व्यापार सम्झौताका कारण किसानहरू थप दबाबमा परेको उनीहरूको गुनासो छ । मङ्गलबारको प्रदर्शनको नेतृत्व गरिरहेका किसान युनियनहरूले फ्रान्सको खाद्य सुरक्षाको रक्षा गर्न सरकारबाट ‘ठोस र तत्काल कदम’ चाल्न माग गरेका छन् ।

फ्रान्सेली सरकारकी प्रवक्ता मौड ब्रेजनले मङ्गलबार टिएफ–१ टेलिभिजनसँग कुरा गर्दै सरकारले किसानहरूको अवस्थालाई ध्यानमा राख्दै चाँडै नयाँ सहयोगसम्बन्धी घोषणाहरू गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रपति इमानुएल म्याक्रोन र उहाँको सरकारले इयु र दक्षिण अमेरिकी मर्कोसुर समूहबीचको व्यापार सम्झौताको विरोध गर्दै आएको छ । यद्यपि, अधिकांश इयु सदस्य राष्ट्रहरूको समर्थनका कारण उक्त सम्झौता शनिबार पाराग्वेमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

युरोपेली किसानहरूले लामो समयदेखि ब्राजिल, अर्जेन्टिना, बोलिभिया, पाराग्वे र उरुग्वेलगायत मर्कोसुर राष्ट्रहरूसँगको व्यापार सम्झौताको आलोचना गर्दै आएका छन् । उनीहरूको भनाइमा यस्तो सम्झौताले युरोपेली बजारमा सस्तो आयातको बाढी ल्याएर स्थानीय किसानहरूको प्रतिस्पर्धात्मक क्षमता कमजोर बनाउनेछ र कृषि क्षेत्रलाई दीर्घकालीन रूपमा क्षति पुर्‍याउनेछ ।