१६ असार २०८३, मंगलवार
,
Latest
दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर/बङ्गुर मरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय १६ कैदीबन्दी फर्कन बाँकी



फाइल फोटो
अ+ अ-

चितवन। जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन् ।

यस कारागारबाट भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६२७ जना फर्किएका छन् । सम्पर्कमा नआएकालाई प्रहरीले खोजी गरेर ल्याउने गरेको छ । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म प्रहरीले ६९ जनालाई नियन्त्रणमा लिएर कारागारमा बुझाएको छ ।

सम्पर्कविहीन भएकाहरूको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरूमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिनुभयो । यसरी सम्पर्कविहीन भएकाहरूमा धेरै लागुऔषध र जबर्जस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारीका समेत रहेका छन् ।

कारागार कार्यालयले असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो ।

फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कारबाही गरिने उहाँले बताउनुभयो । रासस