१६ असार २०८३, मंगलवार
,
Latest
दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर/बङ्गुर मरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा सिंह नियुक्त



अ+ अ-

जनकपुर। मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा सुनिल रञ्जन सिंह नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज उहाँलाई नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम डा सिंहलाई मधेस प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गर्नुभएको व्यहोरा उल्लेख छ ।