२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वय सहित २६ नेतालाई कारबाहीको तयारी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

बैठकले दोस्रो विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित २६ केन्द्रीय सदस्यलाई कारबाहीको तयारी भएको एक नेताले जानकारी दिनुभयो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि पार्टी फुटतर्फ अघि बढेको बताउनु भएको छ । केन्द्रीय कार्य समिति बैठकमा लागि सानेपा पुग्नु भएका खड्काले जम्मा भएका नेता कार्यकर्तालाई पछिल्लो वार्ताको ब्रिफिङ गर्दै पार्टी फुट्न लागेको जनाउ दिनुभएको छ ।

नेपाली कांग्रेसको १४औं महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका थिए । ३३ जना मनोनीत गरी कुल १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको छ ।