२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीलाई निष्कासनको जानकारी गराउँदै कांग्रेस संस्थापनको पत्र निर्वाचन आयोगमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजन नभएको भन्दै निर्वाचन आयोगलाई यस सम्बन्धी कुनै दाबी आए त्यसलाई वैधानिक नमान्न पत्र पठाएको छ।

पत्र पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगमा पठाइएको हो।

साथै, संस्थापनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको पत्र पनि आयोगमा पेश गरेको छ।