१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघे सङ्क्रान्तिको शुभकामना दिँदै बालेनले के भने ?



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै यो पर्व प्रकृति फेरिने दिन मात्र नभई नेपाली विविधताको संगम भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै मेयर शाहले नेपालको बहुसांस्कृतिक एकतालाई जोड दिएका हुन्। उनले चर्चित गीतको अंश ‘सय थरि बाजा एउटै ताल, सय थरि गोडा एउटै चाल, सब हो एउटै हामी नेपाली, एउटै हाम्रो देश नेपाल’ उद्धृत गर्दै नेपालीपनको भाव प्रस्तुत गरेका छन्।

शाहले माघ १ गते सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मकर संक्रान्ति, तिलुवा संक्रान्ति वा माघीका रूपमा मनाइने उल्लेख गरेका छन्। साथै, नेपालका विभिन्न समुदायले यस दिनलाई आ–आफ्नै सांस्कृतिक परम्पराअनुसार मनाउने तथ्यसमेत समेटेका छन्।

उनका अनुसार नेवार समुदायले यस पर्वलाई ‘घ्यः चाकु संल्हू’ का रूपमा मनाउँछन् भने किरात समुदायले नयाँ वर्षका रूपमा ‘येले संवत्’ मनाउँछ। त्यसैगरी, थारू समुदायको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्व माघी भएको पनि उनले स्मरण गराएका छन्।

चाडपर्व मनाउने नाम र शैली फरक भए पनि सबै नेपालीको भावना एउटै रहेको उल्लेख गर्दै मेयर शाहले विविधताबीचको एकता नै नेपाली समाजको शक्ति भएको बताए। उनले सबै नेपाली जोडिने, रमाउने र उत्सव मनाउने तरिका फरक भए पनि अन्ततः सबै एकै भएको सन्देश दिँदै नयाँ सुरुवात, एकता र समृद्धिको कामना गरेका छन्।