२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हृदयराम थानी काँग्रेसबाट उम्मेदवार नहुने, फिर्ता लिए उम्मेदवारी



अ+ अ-

काठमाडौं: नेपाली काँग्रेस दुई टुक्रामा विभाजन भएसँगै काँग्रेसका पुराना नेता हृदयराम थानीले आगामी प्रतिनिधिसभाका लागि उम्मेदवार नहुने घोषणा गरेका छन् । उनी यसअघि २०७९ मा प्रतिनिधिसभा सदस्य थिए ।

सामाजिक संजालमा एक पोष्ट गर्दै थानीले आफू खुट्टामा देखिएको नसा सम्बन्धी समस्याबाट ग्रस्त रहेको र चिकित्सकले समेत दौडधूप कम गर्न सल्लाह दिएकाले उम्मेदवारी फिर्ता गरेको बताएका छन् ।

आसन्न फागुन २१ गतेको चुनावका लागि थानीलाई सुर्खेत क्षेत्र नं. २ बाट उम्मेदवार बन्न सुर्खेत काँग्रेसले पार्टी केन्द्रमा सिफारिस गरिएको थियो । उनले विज्ञप्तीमा आगामी माघ ६ गतेको मनोनयनमा समेत आफू अनुपस्थित रहने बताएका छन् ।

नेपाली काँग्रेसमा आएको विभाजन लगत्तै चुनावमा के कसरी सहभागी र उम्मेदवार हुने भन्नेमा धेरै नेता कार्यकर्ता अलमलमा परेका छन् ।

 




सम्बन्धित समाचार
भर्खरै