१२ असार २०८३, शुक्रबार
,
Latest
दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छः प्रधानन्यायाधीश शर्मा रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ रास्वपा सभापति रवि लामिछानेले लिए शपथ भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द



अ+ अ-

काठमाडौँ।  महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले आजदेखि स्वास्थ्य बिमामार्फत गराइने सबै उपचार सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रममार्फत उपचार गराएको भुक्तानी उपलब्ध नगराउँदा बिमा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताउनुभयो । अस्पतालले स्वास्थ्य बिमामार्फत बीमितको उपचार गरेवापत बोर्डबाट करिब रु ४० करोड भुक्तानी लिन बाँकी रहेको छ ।

“स्वास्थ्य बिमामार्फत मासिक रु दुई करोड बराबरको सेवा उपलब्ध गराउँदै आएका थियौँ”, सूचना अधिकारी रोस्याराले भन्नुभयो, “बीमितको उपचार गरेवापतको रकम समयमा उपलब्ध नहुँदा अस्पताल सञ्चालन गर्न समस्या भयो ।

आन्तरिक स्रोतबाट अस्पतालले सबै खर्च व्यहोर्नुपर्ने हुँदा मासिक रु दुई करोड घाटा खाएर स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको हो ।”

अस्पतालले २०७७ सालदेखि नियमित रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा प्रदान गर्दै आएको थियो । बिमा वापतको रकम भुक्तानी गर्न बोर्डलाई दुई वर्षदेखि आग्रह गर्दा कुनै सुनवाइ नभएको सूचना अधिकारी रोस्याराले बताउनुभयो । रासस