२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता



अ+ अ-

मस्को। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै आएका खनिज–सम्पन्न आर्कटिक टापु ग्रिनल्यान्डमा नाटो सेनाको उपस्थितिप्रति रुसले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

नाटो सदस्य मुलुकहरूको हालैको तैनाथीले आर्कटिक क्षेत्रमा सुरक्षा सन्तुलन थप जटिल बनाउने मस्कोको धारणा रहेको छ ।

फ्रान्स, स्विडेन, जर्मनी र नर्वेले बुधबार संयुक्त रूपमा घोषणा गर्दै ग्रिनल्यान्डको राजधानी नुकमा जासुसी तथा अनुगमन मिसनको हिस्साका रूपमा आफ्ना सैन्य कर्मचारीहरू तैनाथ गर्ने जानकारी दिएका थिए । वासिङ्टनमा अमेरिका, डेनमार्क र ग्रिनल्यान्डका अधिकारीहरूबीच भएको बैठकले राष्ट्रपति ट्रम्पको ग्रिनल्यान्ड नियन्त्रण गर्ने महत्त्वाकांक्षालाई रोक्न असफल भएपछि यो घोषणा आएको हो ।

राष्ट्रपति ट्रम्पले ग्रिनल्यान्ड अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको दाबी गर्दै आउनुभएको छ । उहाँले वासिङ्टनले टापु आफ्नो नियन्त्रणमा नलिए ‘चीन वा रुसले कब्जा गर्ने’ चेतावनीसमेत दिँदै आउनुभएको छ ।

बेल्जियमस्थित रूसी दूतावासले बुधबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उच्च अक्षांश क्षेत्रमा देखापरेको अवस्था हाम्रो लागि गम्भीर चिन्ताको विषय बनेको छ ।” दूतावासका अनुसार नाटोले ‘मस्को र बेइजिङबाट बढ्दो खतरा’ भन्ने झूटो बहानामा आर्कटिक क्षेत्रमा आफ्नो सैन्य उपस्थिति विस्तार गरिरहेको छ । बेल्जियममा नाटोको मुख्यालय अवस्थित छ ।

हालसम्म रूसी विदेश मन्त्रालय वा क्रेमलिनले ग्रिनल्यान्डमा भएको पछिल्लो सैन्य तैनाथीबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन् । मन्त्रालयका वक्तव्यहरू व्यक्तिगत दूतावासका भनाइभन्दा बढी आधिकारिक मानिन्छन् ।

पछिल्ला वर्षहरूमा नाटो र रुस दुवैले आर्कटिक क्षेत्रमा आफ्नो सैन्य गतिविधि र उपस्थिति उल्लेखनीय रूपमा बढाएका छन् । समुद्री बरफ पग्लिँदै जाँदा आर्कटिक क्षेत्र अन्तर्राष्ट्रिय ढुवानी मार्ग तथा खनिज उत्खननका लागि खुल्दै गएको छ, जसका कारण रणनीतिक प्रतिस्पर्धा तीव्र बन्दै गएको विश्लेषकहरू बताउँछन् ।

राष्ट्रपति ट्रम्पका अभिव्यक्तिहरूले दोस्रो विश्वयुद्धयता पश्चिमी सुरक्षाको मेरुदण्ड मानिँदै आएको नाटो गठबन्धनभित्र अभूतपूर्व तनाव सिर्जना गरेको रूसी दूतावासको टिप्पणी छ । दूतावासका अनुसार ग्रिनल्यान्डको विषयलाई लिएर गठबन्धनभित्र देखिएको आन्तरिक असहमतिले निर्णय प्रक्रियालाई ‘झनै अप्रत्याशित’ बनाउँदै लगेको छ ।