१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्रनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



अ+ अ-

महेन्द्रनगर । बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार बसको ठक्करबाट एक जना पुरुष पैदलयात्रीको मृत्यु भएको हो ।

बसको ठक्करबाट परिचय नखुलेका एक पुरुष गम्भीर घाइते भएकामा उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा निजको मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस