३१ जेष्ठ २०८३, आईतवार
,
Latest
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’ अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन परराष्ट्रमन्त्री  खनाल बेइजिङमा: बीआरआई परियोजना बारे यस्तो छ दृष्टिकोण  मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ ! मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा सदस्य निर्वाचनः तयारी तीव्र, कार्यालय स्थापना



अ+ अ-

काभ्रेपलाञ्चोक। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ ।

जिल्लामा निर्वाचन सम्पन्न गर्न जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत तोकिएको छ । जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरेलाई निर्वाचन क्षेत्र नं १ का लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

जिल्लास्थित दुईवटा निर्वाचन क्षेत्रमा शुक्रबार कार्यालय स्थापनासमेत गरिएको छ । जिल्लामा निर्वाचनका लागि दुई हजार ४०० कर्मचारी तथा एक हजार २०० स्वयंसेवक खटाइने जनाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दुईवटा निर्वाचन क्षेत्रमध्ये १८९ मतदानस्थल, चार सय मतदान केन्द्रमा मतदान गर्ने तीन लाख २६ हजार ६११ मतदाता छन् ।

जिल्लामा दुई हजार २६९ निर्वाचन प्रहरी खटाइने भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् ।

यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला, अन्य दुई मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको बताउनुभयो ।रासस