२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु



अ+ अ-

कञ्चनपुर। कञ्चनपुर प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरको आयोजनामा महेन्द्रनगरस्थित खेल मैदानमा आज दोधारा चाँदनीका नगरप्रमुख किशोरकुमार लिम्बुले प्रतियोगिता शुभारम्भ गर्नुभयो ।

त्यस अवसरमा उहाँले क्रिकेट खेलको विकासका लागि नगरपालिका सधैँ सहयोग गर्न तयार रहेको बताउनुभयो ।

क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष विरेन्द्रबहादुर चन्दले छनौटका लागि ६० जना खेलाडीले नाम दर्ता गराएका र त्यसकै आधारमा चार वटा टोली बनाएर प्रतियोगिता सुरु गरिएको जानकारी दिनुभयो ।

५० ओभरको खेलमा चार टोलीले छ वटा लिग खेल खेल्नेछन् । यही प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई समेटेर आगामी फागुनमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगितामा कञ्चनपुर जिल्लाको टीम तयार गरिने अध्यक्ष चन्दले बताउनुभयो । रासस