२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटमा राम्रो खेल्छौंः कप्तान इन्दु



अ+ अ-

काठमाडौँ। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा हुने आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोटका लागि आफ्नो टोली तयारी रहेको बताएकी छन् ।

आइसिसी महिला टी ट्वान्टी विश्वकप छनोट आइतबारदेखि नेपालमा सुरु हुँदै छ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् ।

यस छनोटबाट कुल चार राष्ट्रले सन् २०२६ को जुनदेखि इङ्ल्यान्ड र वेल्समा संयुक्त रूपमा हुने आइसिसी महिला टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछन् ।

छनोट प्रतियोगिता सुरु हुनुअघि शनिबार कप्तानहरूसँग भएको पत्रकार सम्मेलनमा इन्दुले यो क्षणका लागि १८ वर्षदेखि नेपालले मिहेनत गरेको उल्लेख गर्दै प्रतियोगिता जतिसक्दो उत्कृष्ट क्रिकेट प्रदर्शन गर्ने आशा व्यक्त गरेकी छन् । उनले सबै खेलाडी यो प्रतियोगिताका लागि तयार र उत्साहित रहेको पनि बताइन् ।

विश्व क्रिकेटका ठूलो राष्ट्रसँग खेल्न पाउँदा खुसी रहेको उनले उल्लेख गरेकी छन् । कप्तान इन्दुले स्कटल्यान्ड र आयरल्यान्डसँगको खेलबाट ठूलो टिमसँग खेल्दा कसरी खेल आफ्नो पक्षमा पार्ने लगायत सिक्न पाएको पनि बताइन् ।

आगामी छनोट खेलमा त्यसको प्रभाव आउने उनको विश्वास छ । प्रशिक्षण राम्रो रहेको र खेलाडीहरूमा पनि आत्मविश्वास बढिरहेको उनी बताउँछिन् । सफलता एकैपल्ट नआउने र यसको प्राप्तिको लागि समय लाग्ने उनको भनाइ छ ।

उनले पछिल्लो समय आफ्नो टोलीले राम्रो क्रिकेट खेल्दै आएको र त्यसलाई निरन्तरता पनि दिने आशा व्यक्त गरेकी छन् । यो प्रतियोगिताका लागि लामो समयदेखि प्रतीक्षा गरिरहेको उल्लेख गरेकी छन् ।

आगामी पुस्ताका लागि यो प्रतियोगिताले राम्रो वातावरण मिल्ने उनको आशा छ । कप्तान इन्दुले यति ठूलो प्रतियोगिता नेपालमा आयोजना गर्न दिएकोमा उनले आइसिसीलाई पनि धन्यवाद दिइन् । नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेदरल्यान्ड, जिम्बाम्बे, थाइल्यान्ड र स्कटल्यान्ड छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछ ।

सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् । नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी थाइल्यान्डसँग खेल्दै विश्वकप छनोटको यात्रा शुरु गर्नेछ । खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा शुरु हुनेछ ।

थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले नेपालमै आयोजना भएको एसिया क्वालिफायरमा आफ्नो च्याम्पियन भएको स्मरण गर्दै सधैं एउटै प्रदर्शन नआउने उल्लेख गरेकी छन् । पछिल्लो नतिजा बिर्सेर राम्रो क्रिकेट खेल्ने उनको भनाइ छ । छनोटमा सहभागी सबै टोलीले राम्रो क्रिकेट खेल्ने उल्लेख गरेका छन् । –न्युज एजेन्सी नेपाल