काठमाडौं । नेपाली कांग्रेसको बिशेष महाधिबेशनबाट सभापतिमा चयन हुनु भएका गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका ‘सभापति’ शेरबहादुर देउवाज्यूसंग कुनै भेट नगरेको देउवाको सचिवालयले जनाएको छ ।
देउवाका स्वकिय सचिब भानु देउवाले उहाँहरुसँग सभापतिको भेटघाट नभएको जानकारी गराउनु भएको छ ।
उहाँले सामाजिक संञ्जालमा लेख्नु भएको छ- पूर्व महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गर्नु भएको भनेर केही संचार माध्यमहरुमा समाचार आएको देखिएको तर हालसालै उहाँहरुसँग सभापतिज्यूको भेटघाट नभएको जानकारी गराईन्छ।
भानु देउवा












