काठमाडौँ । घरेलु मैदानमा आजबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
टीयु क्रिकेट मैदानमा आइतबार बिहान भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १२२ रनमा समेटिएको थियो । बिन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् भने सोनु खड्काले २६ रन जोडिन् । यस्तै रुबिना क्षेत्रीले १७ रन जोड्दा पुजा महतोले १२ रन बनाइन् ।
बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।












