२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारा पन्त यु–१४ जुनियर गर्ल्स सिंगल्स टेनिस च्याम्पियन



अ+ अ-

सारा पन्त फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१४ गर्ल्स सिंगल्समा आइतबार च्याम्पियन बनेकी छन् ।

फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा भइरहेको प्रतियोगिताको फाइनलमा साराले अनुश्री ध्वजुलाई ६–४ र ६–२ को सोझो सेटमा पराजित गरिन् ।

सो स्पर्धाको ब्वाइजमा विश्वविशेष डल्लाकोटी र अर्याशराज पौडेलले फाइनल भेट पक्का गरे । विश्वाले प्रारथ्या रिजाललाई ६–१ र ६–१ तथा अर्याशले सभ्यजंग कार्कीलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।

यु–१८ सिंगल्सको ब्वाइजमा आयुशमान हजुर घले र गर्ल्समा स्वस्तिका विष्ट पहिलो भए । फाइनलमा आयुशले असभसम्राट हाडालाई ६–१ र ६–१ तथा स्वस्तिकाले आद्या पौडेललाई ६–१ र ६–२ ले पाखा लगाए ।

यु–८ ब्वाइज सिंगल्समा सर्वज्ञजंग खत्री पहिलो भए । उनले फाइनलमा भन्सिल अग्रवाललाई १०–३ र १०–१ ले पन्छाए । उक्त स्पर्धाको गल्र्स फाइनलमा भानी राजभण्डारीले अनुपमा श्रेष्ठलाई १०–७ र १०–३ ले पन्छ्याउदै शीर्ष स्थानमा रहिन् ।

यु–१६ गर्ल्स सिंगल्समा स्वस्तिका विष्टले स्वर्ण जितिन् । स्वस्तिकाले फाइनलमा स्वराह थापामाथि ६–१ र ६–१ को सहज जित दर्ता गरिन् । त्यसै स्पर्धाको ब्वाइजमा साङ्गे रोकायाले सुरेन्द्र विकलाई ६–२ र ६–१ तथा असभसम्राट हाडाले प्रारथ्या रिजाललाई ६–१ र ६–० ले पराजित गर्दै फाइनल यात्रा तय गरे ।

यु–९ ब्वाइज सिंगल्समा टोनिस श्रेष्ठले सोनाम छिरिङ घलेलाई ४–२ र ४–१, यु–१० गल्र्स सिंगल्समा निम्ति कुँवरले अमाइरा गुप्तालाई ६–३ र ७–६ तथा यु–१२ ब्वाइज सिंगल्समा आरित मल्लले सभ्यजंग कार्कीलाई २–६, ६–१ र ७–५ ले फाइनलमा हराउदै स्वर्ण चुमे ।

ब्वाइज डबल्समा दर्सिल श्रेष्ठ र असभसम्राट हाडाको जोडीले बाजी मारे । उक्त जोडीले फाइनलमा शास्वत वज्राचार्य र आयुशमान हजुर घलेको जोडीलाई ६–४, ५–७ र १०–७ ले हराए । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।