२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यही व्यवस्थामा दिगो शान्ति र सुशासन खोज्नुपर्छ- उपाध्यक्ष घिमिरे



फाइल फोटो
अ+ अ-

काठमाडौँ।  राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले सबै जाति, भाषा क्षेत्रका नेपालीहरू एकताबद्ध भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसारको अवसरमा तामाङ समुदाय तथा देशविदेशमा रहनुभएका नेपाली आमाबुबा, दिदिबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति,समृद्धि, सु–स्वास्थ्य एवम् प्रगतिको शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “विविधताले युक्त भएर विभिन्न समुदायहरूबीचको आपसी सद्भाव, सहकार्य र मेलमिलापले हाम्रो सामाजिक सम्बन्ध अत्यन्त सुमधुर बनाएको छ ।”रासस