२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

के नयाँ प्रस्तावले कांग्रेस एक ठाउँमा आउला ?



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिजो अकस्मात एउटा नयाँ प्रस्ताव गरे फुटेर दुई तिर लागेका कांग्रेसीहरुका लागि ।

उनले आउँदो निर्वाचनका लागि सबै पक्ष मिलेर जानुपर्ने बताएका छन् र यसरी आह्वान गर्ने उनी मात्र नेता भने होइनन् । तर पनि पूर्व सभापति शेरबहादुर देउवा निकटका भएकाले यो प्रस्तावले कांग्रेस मिल्न पनि सक्छ कि भन्ने नयाँ सञ्चार भने गरेको छ ।

आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता विश्वकर्माले आउँदो निर्वाचनका लागि दुबै पक्ष मिल्नुपर्ने र यदि त्यसो नहुने हो भने कांग्रेसका लागि अझै दुःखका दिन आउने संकेत पनि गरेका छन् । उनले आधा टिकटमा शेरबहादुर देउवाले हस्ताक्षर गरेको, बाँकी आधामा सभापति गगनकुमार थापाले गर्ने हुँदा त्यसलाई स्वीकारेर जानुपर्ने र अब थप झैझगडातिर लाग्न नहुने बताएका छन् ।

हाल कांग्रेस पार्टी मात्रै होइन, राष्ट्रवादी लोकतान्त्रिक राजननैतिक दलहरू संगै मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकता नै गम्भीर मोडमा रहेकाले यो अवस्थाबाट मुलुकलाई जोगाउने बलियो आधार घोषित निर्वाचन हुन सक्छ भनेर निष्कर्ष निकाल्नुपर्ने र त्यसका लागि कांग्रेस एक हुनुपर्ने उनको तर्क छ ।

त्यसको केही छिनमै कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पनि सोही आसयको वक्तव्य सामाजिक सञ्जालबाट जारी गरेका छन् । उनले कांग्रेस भनेकै रुख र तारा भएकाले त्यसबाहेक अरु कल्पना गर्न पनि नसक्ने बताएका छन् ।

उनले कांग्रेस भनेकै रुख हो तर बजारमा देउवा समूह सर्वाेच्चबाट पनि गगनले मान्यता पाएभने अर्काे चुनाव चिन्ह लिएर चुनावमा जाने तयारी गरेको भन्ने समाचारको खण्डन गर्दै त्यसो भनेका हुन् । उनको आसय पनि कांग्रेस एक भएर जानुपर्ने भन्ने नै थियो । रुख र चारताराका लागि नै विपीदेखि आजसम्मका कांग्रेसका नेता र कार्यकर्ताहरुले लढेकाले अबको कांग्रेस पनि यसैमा रहने भन्दै एकताको संकेत गर्न खोजेका छन् ।

पछिल्लो समय पूर्व सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरिरहेका पूर्व उर्जामन्त्री दीपक खड्काले पनि सोमबार बिहानै यस्तो आह्वान गरिरहेका छन् । उनले पनि आफ्नो सामाजिक सञ्जालमा लेख्दै आफूले नेपाली कांग्रेस र कांग्रेसको रुखबाहेक अरु केही नजान्ने भन्दै भोलि उम्मेदबारको मनोनयन दर्ताका लागि जिल्लाका सबै नेता तथा कार्यकर्तालाई जिल्ला पार्टी कार्यालयमा जम्मा भएर काम गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस अहिले दुइटा भएको छ । एक पक्षको नेतृत्व गरेको गगन थापा समूहले भोलि हुने प्रत्यक्षतर्फको उम्मेदबारीका लागि उम्मेदबार छनौट गर्दैछ भने यता देउवा समूह भने पार्टीको आधिकारिताको माग गर्दै सर्वाेच्च अदालत पुगेको छ ।

विशेष महाधिवेशनबाट छानिएको गगन समूहलाई निर्वाचन आयोगले पनि मान्यता दिएपछि देउवा समूह आधिकारिकता माग्दै अदालत गएको हो । आज सरकारी विदा परेकाले सो मुद्धाको पेशी भोलिका लागि तोकिएको छ । जबकि, भोलि नै प्रत्यक्षतर्फको उम्मेदबारी मनोनयन हुदैछ । यता अर्का नेता शेखर कोइराला भने बीचमा बसेका छन् । उनी देउवा र गगन दुवै पक्षको बैठकमा गएका छैनन् । तर उनले गगन समूहमै रहेर काम गर्ने बताएका छन् ।

यसरी तीनतिर फर्किएको कांग्रेसलाई एक ठाउँमा ल्याउने कडी अहिलेसम्म भेटिएको छैन । यदि सर्वाेच्चले पनि निर्वाचन आयोगकै निर्णयलाई सदर गरिदियो भने अर्काे पार्टी खोलेर जाने कि के गर्ने भन्ने अन्योल देउवा समूहमा पनि हुनसक्छ । तर पनि धेरैजसो आफ्नो पक्षका नेताहरु धेरैजसो गगनतिर खुलिसकेकाले केही पुराना नेताबाहेक धेरै कार्यकर्ता त्यतै जाने देखिन्छ ।

त्यसैले यस्तो अवस्थामा हिजो मीन विश्वकर्माले अघि सारेकै प्रस्तावमा अब कांग्रेसीहरु गोलबद्ध हुँदा नै हित देखिन्छ । आगामी वैशाखमा नियमित महाधिवेशन तोकिएकै छ र गगन थापाले पनि गर्छु भनेकै छन् । अहिले पछि पारिएको भनिएका नेताहरुले पनि कसलाई छान्ने हो त्यतिबेला नै पार्टी सभापति चयन गर्दा हुन्छ । अहिलेलाई आसन्न निर्वाचनका लागि लाग्दा नै राम्रो हुनेछ ।

होइन भने यस पटकको निर्वाचन कांग्रेसका लागि भने एक अर्कालाई हराउनेमै लाग्ने देखिन्छ । अरु सबै पार्टीले दलका उम्मेदबार छनोट गरिसकेका छन्, तर कांग्रेस भने अहिले पनि झगडामा रुमल्लिएको छ । जसका कारण कार्यकर्ताहरुमा न जोस छ, नत जाँगर नै । त्यसैले पनि अबको बाटो भनेको मिलेरै जाँदा सहज हुनेछ ।