काठमाडौँ। पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एक सपिङ मलमा भीषण आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् ।
दक्षिणी सिन्ध प्रान्तकी प्रवक्ता सादिया जावेदले बताएअनुसार एमए जिन्ना रोडमा अवस्थित गुल प्लाजा नामक बहुतले सपिङ मलमा आगलागी भएको हो। उक्त भवनमा १ हजार २ सय भन्दा बढी पसलहरू रहेका छन् ।
प्रवक्ता जावेदकाअनुसार अग्नि नियन्त्रक टोलीहरूले आगो नियन्त्रण गर्न निरन्तर प्रयास गरिरहेका छन् । जुन प्लाजाका धेरै तलाहरूमा फैलिएको छ ।
अधिकारीहरूका अनुसार भवनभित्र अझै पनि केही मानिस फसेको आशंका गरिएको छ । उनीहरूलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । प्रहरी अधिकारीहरूले भवनको भुइँ तलामा रहेका पसलहरूबाट आगो शुरु भएको र यो विद्युत सर्ट (सर्ट सर्किट) का कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् । (सिन्ह्वा/ न्युज एजेन्सी नेपाल)











