३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

रैथाने ज्ञान, सीप र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छः प्रधानमन्त्री



Photo: RSS
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा रहेका रैथाने ज्ञान, सिप र संस्कृतिको संरक्षण गरी नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा सोमवार टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले ल्होसारसँग जोडिएको पञ्चतत्व र स्वास्थ्य जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान विज्ञान र जीवनपद्धति पक्षलाई उजागर गर्ने बताउनु भयो । उहाँले मौलिक ज्ञान तथा संस्कृतिहरुलाई संरक्षण गरी नयाँ पिढीलाई हस्तान्तरण गर्नु आजको आवश्यकता रहेको आँैल्याउनु भयो । उहाँले सरकार सबै समुदायका मौलिक पर्व, भाषा, सस्कृति र भेषभुषाको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ल्होसारसँग जोडिएको पञ्चतत्व र स्वास्थ्य जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान विज्ञान र जीवनपद्धतीको गहिरो पक्षलाई उजागर गर्दछ । यस्ता रैथाने ज्ञान सिप र संस्कृतिको संरक्षण गरि नयाँ पुस्तालाई हस्तान्तरण गरेर जानुपर्छ । नेपाल सरकार सबै समुदायका मौलिक पर्व भाषा, सस्कृति, भेषभुषाको संरक्षण तथा प्रवद्र्धन गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।’ 

उहाँले विभिन्न जातजातीका मौलिक पर्वको कार्यक्रम संचालन गर्नको लागि आगामी दिनमा राज्यले सहयोग गर्ने पनि बताउनु भयो । माघी, ल्होसार, संक्रान्ती लगायतका पर्व मनाउनको लागी सहयोग गर्नेगरि सरकारले विशेष निर्णय गर्ने उहाँले जानकारी दिनुभयो ।




भर्खरै