२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जी आन्दोलनका नाममा झापा ५ मा जलाइएका संरचनाको निरीक्षण गरेर अध्यक्ष ओलीले चुनावी अभियान सुरु गर्ने



अ+ अ-

काठमाडौं। उम्मेद्वारी दर्ताका लागि आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जी आन्दोलनका नाममा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्नु हुने भएको छ ।

पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायण प्रसाद गौतमका अनुसार भदौ २४ गते विध्वंसकारी समुहले तोडफोड र आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाहरु अध्यक्ष ओलीले निरीक्षण गर्ने र पिडितहरुलाई भेट्ने कार्यक्रम रहेको छ । आज दमक स्थित इलाका प्रहरी कार्यलयको भवनको निरीक्षण गरेर सुरु गरिने गौतमले जानकारी दिनुभयो ।

एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजे देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पिडितहरुलाई भेट्ने कार्यक्रम तय गरिएको छ ।

आज इलाका प्रहरी कार्यलय दमक,दमक नगरपालिका,दमकका मेयर राम थापाको निवास,नेपाली काँग्रेसको पार्टी कार्यलय,पूर्व मेयर रोमनाथ ओलीको निवास,अध्यक्ष ओलीको आफ्नो निवास,नेपाली काँग्रेस दमक नगरको कार्यलय,एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने योजना बनाइएको छ ।

आजै १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेद्वारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरु भएकोले जलाइएका अन्य संरचनाहरु अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिनुभयो ।

जेन जी आन्दोलनका क्रममा झापा क्षेत्र नं ५ मा सरकारी र व्यक्तिगत गरी करिब २५ वटा संरचना ध्वस्त पारिएका थिए ।

गौतमका अनुसार यस क्षेत्रका अन्य पालिकाहरु कमल गाउँपालिका,गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा जलाइएका संरचना पनि अध्यक्ष ओलीले समय व्यवस्थापन गरेर निरीक्षण गर्न हुनेछ ।




भर्खरै