२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरबहादुर बलायरद्वारा कैलाली–४ बाट चुनाव नलड्ने घोषणा



अ+ अ-

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसको आधिकारिक टिकट पाएका प्रभावशाली नेता वीरबहादुर बलायरले चुनाव नलड्ने घोषणा गरेका छन्।

मंगलबार मनोनयन दर्ताको अन्तिम तयारी भइरहेका बेला उनले अचानक चुनावी मैदानबाट बाहिरिने निर्णय सार्वजनिक गरे।

बलायरले छोटो समयमै पटक–पटक हुने निर्वाचनप्रति असन्तुष्टि जनाउँदै आफू मैदानमा नजाने बताए। उनले यसअघि पाँच वर्षका लागि चुनिए पनि ६–६ महिनाको अन्तरालमा बारम्बार चुनाव लड्न नसकिने तर्क अघि सारेका छन्।

‘यसअघि हामी पाँच वर्षका लागि चुनिएका थियौँ, अहिले कति पटक चुनाव लड्ने फेरि होला, ६–६ महिनामा चुनाव लड्न सकिँदैन,’ उनले सञ्चारकर्मीहरूसँग भने।