बुटवल । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पौडेलले निर्वाचन आयोगको कार्यलय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
पौडेलले २०६४ सालदेखि यो क्षेत्रबाट लगातर निर्वाचन जित्दै आएका छन् ।












