२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनिर्वाचित सभामुख सापकोटाद्वारा पार्टी सदस्यता परित्याग



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य रहेका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पार्टी सदस्यता परित्याग गरेको घोषणा गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार शीतलनिवासमा पद तथा गोपनीयता शपथ लिएका सभामुख सापकोटाले पार्टी सदस्यताबाट अलग भएको घोषणा गरेका हुन् ।

सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रूपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् । ‘नेकपाको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिदेखि मेरो संलग्नता नरहेको बेहोरा अनुरोध गर्दछु,’ सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपाको सदस्यबाट पनि अलग रहेको जानकारी गराउँछु ।’