२४ जेष्ठ २०८३, आईतवार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया विधेयकबाट क्षतिपूर्ति हट्यो



अ+ अ-

काठमाडौं । मिडिया काउन्सिल विधेयकमा रहेको जरिवाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाइएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सो व्यवस्था हटाएर विधेयक पारित गरेको हो । विधेयकमा भएका विभिन्न व्यवस्थामा संशोधन गरिए पनि मुख्यतया मिडिया काउन्सिलले नै गर्नेसक्ने जरिवान र सजाय तथा क्षतिपूर्ति र काउन्सिलको अध्यक्ष सिफारिस गर्ने संयन्त्रमा विवाद थियो । बिधेयकमा मिडिया काउन्सिलले नै उजुरीमाथि छानबिन गरी संहिताविपरीत काम गरेको पाइएमा जरिवाना तथा सजाय गर्नसक्ने व्यवस्था थियो ।

साथै समाचारका कारण मर्का पर्ने पक्षलाई भराइने मनासिब क्षतिपूर्तिबारे पनि काउन्सिलले नै निर्णय गर्ने उल्लेख थियो । तर, अहिले क्षतिपूर्तिको जिम्मा अदालतलाई नै दिने सहमति भएको छ । सञ्चारतथा सूचना प्रविधि मन्त्रालयले संसद्मा ल्याएको विधेयकमा मिडिया काउन्सिलले जारी गरेको आचार संहिता उल्लंघन गरेमा पत्रकार, सम्पादक र प्रकाशकलाई २५ हजारदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान प्रस्ताव गरिएको थियो ।

‘कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम प्रकाशक, सम्पादक, पत्रकार वा संवादातालाई २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ,’ भन्ने प्रावधान हटाइएको छ । संहिताअनुसार काम भए–नभएको अनुगममन गर्ने जिम्मामा रहने काउन्सिलले कसैलाई जरिवाना, सजाय र क्षतिपूर्ति भराउने फैसला गर्ननमिल्ने भन्दै आलोचना भएको थियो । त्यस्तो अभ्यास अदालतले मात्र गर्नेसक्ने भन्दै भएको आलोचनालाई विधायन व्यवस्थापन समितिले सच्याएको छ ।

अब कुनै पनि मिडियामा आचारसंहिता विपरीतका सामग्री प्रकाशन भएमा त्यसमाथि छानबिन गरी कारबाही गर्ने जिम्मेबारी काउन्सिलबाट अदालतमा सरको हो । मिडिया काउन्सिलमा अब ११ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । ९ सदस्यीय हुने व्यवस्था गरे पनि संसदीय समितिले त्यो संख्या बढाएर ११ जना पदाधिकारी हुने व्यवस्था राखेको छ । प्रत्येक प्रदेशबाट एक–एकजना सदस्य राख्ने विषयमा समितिमा सहमति भएको छ । त्यस्तै, मिडिया काउन्सिलमा नियुक्ति गर्ने क्रममा संविधानमा व्यवस्था गरिएको समावेशीतालाई मध्यनजर गर्दै पत्रकारिताको विधागत समावेशितालाई पनि ख्यालमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

७ प्रदेशबाट आउने सदस्यमा दुईजना महिला अनिवार्य हुनुपर्ने र बाँकीमा दलित, जनजाति, मधेसीलगायत कोटाबाट नियुक्त गर्नपर्ने विधेयकमा थपिएको छ । काउन्सिलमा नियुक्त गरिने सदस्यमा १ जना पत्रकारिता अध्यापन गराइरहेको प्राध्यापक राख्ने व्यवस्था गरिएको छ ।मिडिया काउन्सिलको अध्यक्ष १० वर्ष र सदस्य हुन १५ वर्षको अनुभव हुनुपर्ने मन्त्रालयको प्रस्तावलाई समितिले संशोधन गरेको छ ।

अब मिडिया काउन्सिलको अध्यक्ष हुनका लागि सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुगेको व्यक्ति वा वरिष्ठ अधिवक्ता वा पत्रकारितामा स्नातकोत्तर गरेर निरन्तर १५ वर्ष पत्रकारितामा संलग्न रहेको हुनुपर्नेछ । यसैबीच, नयाँ पत्रकारले अब लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ । विधेयकमा अहिले काम गरिरहेका पत्रकारले भने लाइसेन्स परीक्षा दिनु नपर्ने उल्लेख छ ।

तर, नयाँ पत्रकारका हकमा भने लाइसेन्स परीक्षा दिनुपर्छ । विधेयकमा पत्रकारको लाइसेन्स परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्थामा पत्रकारको रूपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन, सोको पाठ्यक्रम तथा न्यूनतम योग्यता निर्धारण काउन्सिलले तोकेबमोजिम हुनेछ भन्ने उल्लेख छ ।

तर, हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारहरूको हकमा यो व्यवस्था लागू हुने छैन भन्ने प्रस्ट लेखिएको छ । पत्रकारिताका क्षेत्रमा कार्यरत पत्रकारको विवरण काउन्सिलले एक वर्षभित्र संकलन गरी अभिलेख राख्ने विधेयकमा व्यवस्था छ । तर, सञ्चारमाध्यमले लाइसेन्स नभएका पत्रकारलाई पनि जागिर दिन सक्नेछ । सौर्य दैनिकबाट