२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङमा लामा गुरुले चिठ्ठा थुताए , कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दै एमाले र राप्रपाका उम्मेदवार पछि हटे



अ+ अ-

मनाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  मनाङमा नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई समर्थन गर्दै नेकपा एमाले र राप्रपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङ र राप्रपाका कुविरसिङ गुरुङले उम्मेदवारी फिर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् । मनाङमा अब नेपाली कांग्रेसका गुरुङ। नेपाली कम्युनिस्ट पार्टी यशोदा सुवेदी रमंगलोल नेशनलबाट रामबहादुर घले बिच प्रतिस्प्रर्धा हुने छ ।

मनाङमा कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी भएपछि गाउँमा भएका लामा गुरुहरूले मिलाउने प्रयास गरेको र चिट्ठा तान्दा कांग्रेसको भागमा परेपछि एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको हो । बिहीबार भ्राताङमा भएको भेलामा प्रदेशका २ निर्वाचन क्षेत्र अब एमालेले पाउने सहमति भएको छ । मनाङमा लामा गुरुहरूले मिलाउने प्रयास परम्परा पुरानो हो ।