२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूतले आजै भेटिन्, एमसीसीप्रति सकारात्मक देखिएनन् सभामुख सापकोटा



अ+ अ-

नारद शर्मा, काठमाडौं । आज सभामुख पदको पदबहाली गरेपछि पत्रकारहरुले सभामुख अग्नि सापकोटालाई एक प्रश्न सोधे– सभामुखज्यू नेपालमा हाल बहुचर्चाको विषय एमसीसी तपाईँ आएपछि पास हुन्छ भनिएको छ, के हुन्छ यो कहिले पास गर्नुहुन्छ ? यो प्रश्नपछि एकछिन घोरिएर सोचे र जवाफ दिए । उनको जवाफ र अनुहारको हाउभाउ हेर्दा लाग्दथ्यो उनी एमसीसीप्रति त्यति सकारात्मक थिएनन् । उनको जवाफ थियो– एमसीसीलाई अहिल्यै किन हतार, गरौँला नि । तर सम्वाददाताहरु सन्तुष्ट भएनन् । फेरि सोधे– त्यसो भए के एमसीसी पारित हुदैन ? सभामुखको जवाफ आयो, होइन यस विषयमा बजारमा प्रयाप्त मात्रामा छलफल होस् न किन अहिले नै हतार गर्नुपर्यो ?

सभामुख सापकोटाले हतार गर्नुपर्ने एजेण्डाले पूर्व सभामुख जेल पुर्याएको भन्नेहरुको पनि कमी छैन । अर्काे कुरा प्रधानमन्त्री केपी ओलीले आजै, भोलि नै एमसीसी पारित गर्नुपर्ने हतारो बडो द्रूत गतिमा लगाइरहेको भान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अभिव्यक्तिबाट पनि देखिने गरेको छ । मन्त्री ज्ञवालीले जुनसकै ‘पब्लिक फोरम’मा पनि एमसीसीको प्रसंग आफै ल्याउँछन् र सरकारले यसलाई पास गरेरै छोड्छ भन्छन् । प्रधानमन्त्री ओलीले त सार्वजनिक रुपमा नै यो एजेण्डा पूर्व सभामुख कृष्णबहादुर महराका कारण पारित हुन नसकेको भनी टिप्पणी नै गरेका थिए ।

त्यस्तै आज सोमबारका नेपाली छापाहरुले चार महिनापछि संसदले सभामुख पायो र अब अग्निको पहिलो अग्नि परीक्षा यही एमसीसी हो भनेर लेखेका छन् । तर पनि उनले पद बहाली गरेलगत्तै समाचारदाताहरुसँग कुरो चपाएर बोलेको देख्दा धेरैले उनी यसप्रति अहिले नै पूरा रुपमा नकारात्मक छन् भन्न नमिले पनि सकारात्मक भने नदेखिएको टिप्पणी गरेका छन् । उनले खुलेरै एमसीसी पास हुन्छ भनेर भन्न नसकेको अवस्थाबाट यो अनुमान गर्न अप्ठेरो मान्नुपर्ने अवस्था भने देखिँदैन ।

अर्काे कुरा नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छीले आजै सभामुख सापकोटालाई गरेको भेटबाट पनि धेरैले यो कुराको अनुमान सहजै गरिरहेका छन् । सभामुखको सपथ लिएर पद बहाली गरेलगत्तै नेपालीभन्दा पनि पहिला भेट्ने पहिलो विदेशी नागरिक बनेकी छिन् चिनियाँ राजदूत । कतिपयले एमसीसी चिनियाँ आयोजना बिआरआइको ‘काउन्टर’ दिन अमेरिकाले ल्याएको आयोजना पनि भनेका छन् । यद्यपि यस विषयमा अमेरिका र चीनको औपचारिक भनाई पनि त्यस्तो छैन । तर पनि नेपालमा यो आयोजना पारित नहोस् भन्ने चीन चाहन्छ । यसरी एकातर्फ चीनले कार्यकक्षमै पुगेर सबैभन्दा पहिला चिनियाँ राजदूतले भेट्ने र अर्कातर्फ एमसीसी पारित गर्न अहिले हतार छैन भन्ने सभामुखको प्रतिक्रियाले सहजै यो कुराको अनुमान लगाउन सकिन्छ कि सभामुख सापकोटा एमसीसी पारित गर्ने पक्षमा सकारात्मक देखिएनन् । यसबाट सापकोटालाई एमसीसी पारित गराउने शर्तमा सभामुख बनाउन प्रधानमन्त्री ओली तयार भए भनी अनुमानको बजार तताउनेहरुको अनुमान पनि सही साबित नहुने खतरा बढ्ने देखिन्छ ।