काठमाडौं । धादिङ– १ बाट उम्मेदवार बनेकी आशिका तामाङले उम्मेदवारी फिर्ता लिने भएकी छन् ।
रास्वपाबाट उम्मेदवारी दिएकी तामाङले उम्मेदवारी फिर्ता लिन लाएकी हुन् ।
तामाङले उम्मेदवारी फिर्ता लिन जिल्ला निर्वाचन कार्यालयमा इमेल गरिसकेकी छिन् । उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गर्न उनी धादिङ पुग्दैछिन् ।
आशिकाको उम्मेदवारीबाट पछि हट्नुको कारण भने बताईएको छैन ।












