२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघका दुई समुहबीच पार्टी कार्यालयमै झडप



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । सोमबार दिउँसो नेविसंघका दुई समुहबीच झडप भएको हो।

अनसन बसिरहेको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समुहका विद्यार्थी कुन्दनराज काफ्ले समुहमाथि सभापति शेरबहादुर देउवा पक्षका नेविसंघ विद्यार्थीले आक्रमण गर्दा दुई समुहबिच झडप भएको हो ।

केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गर्दै गरेका विद्यार्थीमाथि देउवा समुहका विद्यार्थीले आक्रमण गरेको थिए ।
देउवा समुहका विद्यार्थी मनोज बैद्यलगायतले आक्रमण गरेको स्रोतको भनाइ छ। दुई पक्षबीच झडपमा इँटा र गमला हानाहान भएको थियो।