२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्छः राष्ट्रपति



अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभएको छ ।

शुक्रवार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी निर्वाचन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताउनु भयो ।

राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रमा समस्या र विपद् आउँदा सुरक्षा निकाय नै अग्रपंक्तिमा रहने गरेको स्मरण गर्नुभयो । सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनतको सर्वोत्तमम हितका लागि काम गर्नु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जब राष्ट्रमा समस्या पर्छ, विपद् आउँछ, सीमामा चुनौति थपिन्छ, राज्यको अर्थतन्त्र जब कमजोर हुनथाल्छ, सबैभन्दा अघि उभिने तपाईंहरु नै हो ।

वास्तवमा सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनतको सर्वोत्तमम हितका लागि काम गर्नु हो । संविधान, लोकतन्त्र र जनताको भरोसा नै यो संगठनको सबैभन्दा ठूलो शक्ति हो । नागरिकको आँखामा देखिने विश्वास र राष्ट्रको मनमा बस्ने गर्व यसको साँचो परिचय बनिरहनेछ ।

संक्रमणकालीन अवस्थाको पहिलो संविधान सभाको निर्वाचन २०६४ मा महत्वपूर्ण भुमिका र त्यसपछिका निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलको भुमिका महत्वपूर्ण छ ।

यो निर्वाचन हाम्रो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको छ । राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैनन् भन्ने पूरा विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले आसन्न निर्वाचनमा पनि सशस्त्र प्रहरी बलको भुमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।—न्युज एजेन्सी नेपाल