२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै



अ+ अ-

नयाँदिल्ली। भारतमा खेल खेल्ने विवादका कारण बङगलादेशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्यान्डले आगामी महिना हुने ट्वन्टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गर्ने शनिबार क्रिकेटको प्रशासकीय निकायले जनाएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भनेको छ, “समूह ‘सी’ मा बङ्गलादेशलाई प्रतिस्थापन गर्न स्कटल्याण्डलाई बोलाइएको छ, जसमा इङ्ग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिज पनि रहेका छन् ।

भारत र श्रीलङ्काको संयुक्त आतिथ्यमा हुने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बङ्गलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई रिहा गर्न इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज कोलकाता नाइट राइडर्सलाई आदेश दिएपछि नयाँ दिल्ली र ढाकाबीचको विवाद उत्पन्न भएको थियो ।

राष्ट्रवादी भारतीय हिन्दुहरूले मुस्लिम बहुल बङ्गलादेशमा हिन्दु समुदायमाथि कथित आक्रमणको विरोधको आह्वान गरेका थिए ।

ढाकाले भारतीय मिडियाले हिंसाको स्तरलाई बढाइचढाइ गरेको दाबी गरेको छ।

विवादपछि बङ्गलादेशले भारतमा आफ्नो खेल खेल्न अस्वीकार गरेको थियो र उनीहरूलाई श्रीलङ्कामा खेल्न मिल्ने गरी खेल सार्न आग्रह गरेको थियो, तर आईसीसीले बङ्गलादेशको सुरक्षामा कुनै विश्वसनीय खतरा नभएको भन्दै अपिल अस्वीकार गरेको थियो।

टि–२० विश्वकप छनोटमा बाहिरिएको टि–२० वरियताको अर्को शीर्ष टोली स्कटल्यान्डले बङ्गलादेशको स्थानमा खेल्नका लागि आइसिसीले स्वीकृति दिएपछि स्कटल्याण्डलाई गुमिसकेको अवसर प्राप्त भएको हो ।

सन् २०२४ मा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बङ्गलादेश र भारतबीच राजनीतिक सम्बन्धमा तिक्तता आएको छ । हसिना अपदस्थ भएपछि आफ्ना अति निकटस्थ सहयोगीसहित भारतमा शरण लिन पुग्नुभएको थियो ।

आन्दोलनपछि बनेको अन्तरिम सरकारले अपदस्थ हसिनाको स्थानमा नयाँ व्यक्तिको चयन गर्न आन्दोलनपछि पहिलो पटक बङ्गलादेश चुनावको चटारोमा छ । (रासस/एएफपी)