१५ असार २०८३, सोमबार
,
Latest
यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना



फाइल फोटो
अ+ अ-

काठमाडौँ। हाल नेपालमा न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । पूर्वी तथा मध्यतराई भूभागका केही स्थानमा बिहानीपख हुस्सु रहनेछ ।

त्यसैगरी, आज राति सुदूरपश्चिम प्रदेशलगायत पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस