२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरौटीमा मनाङे रिहा, यसरी खुलाउँदैछन् एन्फाको भ्रष्टाचार



अ+ अ-

पोखरा । तीनदिने हिरासत बसाइपछि आइतबार रिहा भएका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एन्फाको भ्रष्टाचार बल्ल खुल्दै गरेको बताएका छन् । उनले भने, ‘विदेशीले खेलकुदको विकासका लागि पठाएको पैसा यिनीहरू (एन्फा पदाधिकारी) ले मिलेर खाँदा रहेछन्, बल्ल भ्रष्टाचारको पोल खुल्दै छ ।’ उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई समेत अध्यक्ष बनेपछि मात्तिएको आरोप लगाए । सांसद मनाङेले भने, ‘खासमा ऊ (कर्मा) शेर्पा रहेछ, टे«किङ गाइड । पछि अध्यक्ष बनेपछि फुर्तीफार्ती बढेको छ ।’

आफूविरुद्ध मुद्दा दायर गर्ने एन्फा कास्की अध्यक्ष मिलन गुरुङ ठग रहेको समेत उनले आरोप लगाए । २०७१ सालदेखि आलुचना खाएको पैसासमेत मिलनले नतिरेको भन्दै उनीविरुद्ध १५÷१६ वटा केस आएको दाबी गरे । कास्की कारागारमा पहिलोपटक बिताएका उनले यहाँ उडुस नभएको र बस्न सहज रहेको प्रसंगसमेत सुनाए । मनाङ टिमको सहयोग गर्नु आफ्नो कत्र्तव्य भएको भन्दै आफूले बेवास्ता गरे मनाङी जनताले आफूलाई नराम्रो सोच्ने उल्लेख गरे । आफ्नो क्षेत्र र जनताको सहयोग गर्नु कर्तव्य भएको बताए ।

आइतबार भएको गण्डकी प्रदेश संसद्मा समेत कांग्रेस सांसद बिन्दुकुमार थापाले सांसदजस्तो गरिमा बोकेको व्यक्तिले सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्नु दुव्र्यवहार तथा हातपात गर्नु शोभनीय कदापि नहुने भन्दै मनाङेको व्यवहारले सबैको शिर निचो गराएको टिप्पणी गरेका थिए । सो विषयमा सञ्चारकर्मीको जिज्ञासामा सांसद मनाङेले बिन्दु आफैं ‘नाइके’ भएको आरोप लगाए । एन्फा कास्की अध्यक्ष मिलनलाई गत मंगलबार पोखराको लेखनाथमा आयोजित मुख्यमन्त्री कप फुटबल प्रतियोगिता उद्घाटनकै बेला झापड हानेका सांसद मनाङेविरुद्ध मिलनले जिल्ला प्रहरीमा जाहेरी हालेका थिए ।

जसअनुरूप अनुसन्धानका लागि बिहीबार पक्राउ परेकामा आइतबार जिल्ला प्रशासनको आदेशले ६ हजार धरौटीमा रिहा भएका हुन् । उनलाई १३ फागुनमा हाजिर हुन तारेख तोकिएको मुद्दा फाँटका नासु राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनीविरुद्ध सार्वजनिक अपराधअन्तर्गत दफा ११८ बमोजिम अभद्र व्यवहार भएको भन्दै मुद्दा चलेको प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीले बताए । उता, सांसद मनाङेविरुद्ध उजुरी दिने एन्फाका मिलन शुक्रबारदेखि प्रहरी हिरासतमा छन् ।

लेकसाइडस्थित ओम गोरा जोस्टल होटलका सञ्चालक हरिभक्त आचार्यले उनीविरुद्ध २ लाख ठगी गरेकोबारे बैंकिङ कसुर मुद्दा दायर गरेका छन् । सो सम्बन्धमा थप अनुसन्धानका लागि उच्च अदालत पोखराले आइतबार ७ दिन म्याद थप्न आदेश दिएको छ । मिलनले पोखरामा भएका विभिन्न खेलका क्रममा विभिन्न दर्जन बढी व्यक्ति तथा संघसंस्थालाई रकम नतिरेको आरोप छ । राजधानी दैनिकबाट