२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुख पदका लागि कमण्डलु लिएर संसदमा प्रस्तुत हुदैनौ : कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभामुख पदका लागि कमण्डलु लिएर संसदमा प्रस्तुत नहुने भन्दै संविधानको कार्यान्वयन गर्न सत्तापक्षलाई सचेत गराएको छ ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सभामुख पदका लागि कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको जानकारी गराउदै सांसद डाक्टर मिनेन्द्र प्रसाद रिजालले सभामुख/उपसभामुख चयन सम्बन्धमा संविधानमा गरिएको व्यवस्थालाई उलंघन नगर्न सत्तापक्षको ध्यानाकर्षण गराउनुभएको हो । कांग्रेसले उपसभामुख पदका लागि वार्गेनिङ गरेर सभामुख पदमा उम्मेदवारी दिएन भन्ने टिप्पणी भएको उल्लेख गर्दे उहाँले सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्छ भनेर संविधानमा नै लेखिएकाले संविधानको मर्म पालना गर्ने/नगर्ने सत्तापक्षको विषय भएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “कांग्रेस कमण्डलु लिएर उपसभामुख माग्न संसदमा प्रस्तुत हुने छैन । हामीसंग मत पनि छैन । हामी कमण्डलु लिएर आएका पनि छैनौ उपसभामुख पदका लागि । त्यो प्रष्ट होस ।”

संविधान अनुसार सभामुख उपसभामुख एउटै पार्टीको हुनुहुदैन भन्दा अदालतमा रहेको विचाराधिन मुद्दालाई प्रभावित गर्न खोजेको आरोप लगाईएको स्मरण गराउदै उहाँले संविधानको सही ढंगले कार्यान्वयन गर्न पनि नेकपालाई सचेत गराउनुभयो । उहाँले व्यक्ति विशेष भन्दा पनि सभामुख पदमा बस्नेले सरकार संसदप्रति निरन्तर उत्तरदायी हुनुपर्छ भन्ने संसदीय परम्परालाई बोक्न सक्नुपर्ने र सो मर्मलाई स्थापित गर्नका लागि सभामुखको योगदान हुनुपर्ने अवधारणामा आफुहरु अडिग रहेको स्पष्ट पार्नुभयो । आगामी दिन विधिको बाटोमा मुलुक हिड्छ कि हिड्दैन, लोकतन्त्र खुम्चिन्छ कि फैलिन्छ भन्ने आशंका आमरुपमा उब्जिएको उल्लेख गर्दे उहाँले सभामुख चयन हुदै गर्दा सांसद सापकोटाले सबै आशंकालाई कार्यसम्पादनका क्रममा हटाउन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “माननीय अग्नि प्रसाद सापकोटा अहिले सभामुखका लागि प्रस्तावित व्यक्ति हुनुहुन्छ । सभामुख भईसकेपछि जसले आज आशंका गर्नुभएको छ तीनको भरोसा जित्न सक्नुहुन्छ कि हुन्न हाम्रो चासोको बिषय त्यो हो । नेपाली कांग्रेसका प्रति उहाँहरुको भरोसाको दृष्टिकोण छ । कांग्रेसले आज यो प्रतिनिधिसभामा उभिएर विपक्षको रुपमा बोल्दाखेरी पनि भन्ने हो माननीय अग्नि प्रसाद सापकोटा , तपाईका बारेमा आज व्यक्त भएका आशंकाहरुलाई भोलि तपाईले कसरी आफ्नो कार्यसम्पादन गर्ने क्रममा तिनलाई शान्त गर्र्दै जान सक्नुहुन्छ त्यो तपाईको परीक्षा हो । त्यो परीक्षामा हाम्रो तर्फबाट तपाईलाई सहयोग हुनेछ । ”

उहाँले सापकोटाले विगत भन्दा आगतको व्यवहारबाट चिन्ता लिनेहरुलाई आश्वास्त पार्न सक्नुपर्ने धारणा राख्नुभयो । सभामुखको तटस्थ भुमिका निर्वाह गर्न आग्रह गर्दै पक्षीय रुपमा प्रतिनिधिसभाको बैठक संञ्चालन हुन्छ कि भन्ने चिन्ता गर्नेहरुलाई आश्वास्त पार्न नसकेका दिन आफुहरुको पनि सहयोग नहुने तर्फ पनि उहाँले सचेत गराउनुभयो ।

उहाँले भन्नुभयो “सभाको मुख तपाई हुनुहुन्छ । त्यसैले हिजोको कुन पक्ष होइन । विगतमा तपाई कुन पक्ष होइन अब आगतमा तपाई सबैको अनुहार सभाको अनुहार बन्न सक्नुहोस् । यही शुभकामना व्यक्त गर्दछु ।”

उहाँले सभामुख पदमा उम्मेदवारी नदिने सम्बन्धमा संसदीय दलले गरेको निर्णय पढेर सुनाउनुभएको थियो । उहाँले भन्नुभयो “सभामुख निर्वाचित गर्न यथेष्ट मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको र सभामुख पद आफैमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ ।”

नेपाली राजनीति र समाजमा महिला शसक्तिकरणको आवाज बलियो छ र यसलाई कुनामा राख्न पाईदैन भन्ने शिक्षा नेपाली समाजले दिएको भन्दै उहाँले सभामुख÷उपसभामुख चयन गर्दै गर्दा महिला सहभागीताको विषयलाई पनि ध्यानमा राख्न आग्रह गर्नुभयो ।