१५ असार २०८३, सोमबार
,
Latest
यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फाेटाे फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा सभापति थापा जोड धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।

आईतवार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गर्नुभयो ।

केन्द्रको शुभारम्भ गर्दै उहाँले निर्वाचनका क्रममा कुनैपनि निर्वाचन क्षेत्रमा देखिनसक्ने समस्या तत्काल पहिचान गरी समाधान गर्नेगरी सक्रिय रूपमा काम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताउनु भयो । उहाँकाअनुसार निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीले समस्या नआउने सुनिश्चितताका लागि निरन्तर निगरानी गर्दागर्दैै पनि स्थानीय स्तरमै समाधान हुन नसक्ने समस्या आएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सबै पक्षसँग समन्वय र सहकार्य गरी समस्याको समाधान गर्नेछ ।

उहाँले भन्नुभयो, ‘यस केन्द्रले कुनैपनि निर्वाचन क्षेत्रमा कुनैपनि समस्या आयो भने तत्काल परिक्षण गरेर समाधान गर्ने कार्यमा एकदमै दत्तचित्त भएर लाग्छ । यद्यपि कुनैपनि समस्याहरु आउन नदिन हाम्रा निर्वाचन क्षेत्रमा खटिएका अधिकारी एवं सुरक्षाकर्मीहरुले लाग्नुहुन्छ । यदि समस्या आइहाल्यो भने पनि उतै समाधान गर्नुहुन्छ । यदि त्यहाँबाट समाधान गर्न नसकिने प्रकृतिका कुनै समस्याहरु आए भने यस केन्द्रले तुरुन्तै समाधान गर्छ ।’

केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको मूल्यांकन, जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन उहाँको भनाइ छ ।