१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा



अ+ अ-

काठमाडौँ। नेपाल तेक्वान्दो सङ्घको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेष्ट जिसिएस अन्तरराष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २० राष्ट्रका करिब एक हजार ५०० खेलाडीको सहभागिता रहने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार गेरोगी÷पुम्सेतर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी पनि सहभागी हुने सङ्घका सदस्य कुमार लामा घिसिङले बताउनुभयो ।

प्रतियोगिता सञ्चालन गर्न करिब रु तीन करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घका सल्लाहकार परिषद्का अध्यक्ष एवं तेक्वान्दो सङ्घका पूर्वअध्यक्ष प्रकाशशम्शेर राणाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छभने विभिन्न १३ उपसमिति पनि गठन गरिएका छन् । छदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने जनाइएको छ ।