२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी-२० विश्‍वकप छनोटः स्कटल्याण्डसँग हार बेहोर्दै नेपाल समूह चरणबाट बाहिरियो



अ+ अ-

काठमाडौं । आइसिसी महिला टि ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपाल प्रतियोगीताको समूह चरणबाटै बाहिरिएको छ ।

नेपालले समूह चरणमा एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपालको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।

स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै अलआउट भयो। नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४ रन बनाउदाँ रुविना क्षेत्रीले १० रन बनाईन् । यी बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतरफ स्कटल्याण्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन् ।

त्यसअघि टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो । स्कटल्याण्डका लागि प्रियांज चटर्जीले सर्वाधिक अविजित ४५ रन बनाइन् ।

बलिङमा नेपालकी मनिषा उपाध्ययले सर्वाधिक ४ विकेट लिइन् । रुविना क्षेत्रीले ३, रिया शर्मा, सीता रानामगर र कविता जोशीले एकएक विकेट लिए ।

नेपालको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् ।