काठमाडौँ । नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन्।
सोमबार दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निवासमा अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराएका हुन्।
अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको बताए।
कमिटीका अध्यक्ष राजेश लामासँगै जिल्ला कमिटीका सदस्य विष्णु जोशीले पनि पार्टी प्रवेश गरे।












